भक्तपुर, १४ माघ । सूर्यविनायक नगरपालिकाले मेलमिलाप कर्ताको सूचिकृत गर्ने भएको छ ।
आर्थिक वर्ष २०७९/८० का लागि नगरपालिका न्यायिक समिति अन्तर्गत वडा कार्यालयहरुमा रहने मेलमिलाप केन्द्रमा मेलमिलापकर्ताको रुपमा कार्य गर्न इच्छुक यस अगाडि सूचिकृत हुन छुट भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन नगरपालिकामा पेश गर्न आग्रह गरिएको छ ।
सूर्यविनायक नगरपालिका न्यायिक समितिको मिति २०७९ माघ ३ को निर्णय अनुसार सम्बन्धित सबैको जानकारीका लागि नगरपालिकाले सूचना जारी गरेको नगरपालिकाले जनाएको छ । निवेदन दिँदा नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मेलमिलाप सम्बन्धित आधारभूत तालिम प्राप्त गरेको प्रमाण पत्रको प्रतिलिपि र दुई प्रति पासपोर्ट साइजको फोटो लगायतका कागाजत नगरपालिकामा पेश गर्न आग्रह गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्