विराटनगर, १४ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ठूलो पार्टी भएकाले कुनै पनि दिन कांग्रेस सत्तामा आउन सक्ने बताएका छन् ।
आज विराटनगरमा नेपाल प्रेस युनियन प्रदेश–१ को पहिलो अधिवेशन उद्घाटन गर्दै कोइरालाले नेकपा एमालेका कारण माओवादी केन्द्रले सत्ता नेतृत्व गर्ने अवसर पाएको र पछिल्लो घटनाले भने कांग्रेस वृतमा निरासा छाएको बताए ।
“कांग्रेस ठूलो पार्टी बनेर पनि सरकार बनाउने अवसर गुम्यो । यसले सबैको चित्त दुखेको छ,” उनले भने । सरकारलाई समर्थन गर्ने विषयमा आफूले तटस्थ बस्न आग्रह गरेको बताउँदै कोइरालाले भने, “गृहमन्त्रीले राजीनामा दिनु परेको छ । अब भोलि कसरी बढ्नुपर्ने भन्ने अवस्था आएको छ । हिजोको घटनाले देशमा कानुनी राज्य छ भन्ने पुष्टि भएको छ । न्यायपालिका सबल भएको देखिन्छ ।”










प्रतिक्रिया दिनुहोस्