राजनीति

काठमाडौँका मेयर साहविरुद्ध महानगरबासीको प्रदर्शन



काठमाडौँ, १५ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले जथाभावी डोजर आतंक मच्चाएको भन्दै महानगरबासी आन्दोलित भएका छन् ।

काठमाडौँका विभिन्न ठाउँका वासिन्दाले आइतबार माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए।