समाचार

कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु



ललितपुर, १६ माघ । ललितपुरमा कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति ललितपुर महानगरपालिका १७ ग्वार्कोमा बा २ ज ३४२० नम्बरको ट्याक्सी र बा ४ च १ नम्बरको कार ठोक्किँदा ट्याक्सीमा रहेका ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ वर्षका सरोजकुमार विक र काठमाण्डौको कलङ्की बस्ने मोरङका अन्दाजी ३५ वर्षका धनबहादुर बस्नेतको मृत्यु भएको हो ।

घाइते दुवै जनाको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा गएराति नै मृत्यु भएको हो । त्यस्तै उक्त दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये कार चालक झापा बिर्तामोडका ३५ वर्षका वीरबहादुर विकको अवस्था गम्भीर छ ।