राजनीति

प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री कार्कीबीच भेटवार्ता



काठमाडौँ, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रदेश नम्बर–१ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्तामा प्रदेशको विकासलगायत विषयमा छलफल हुने बताइएको छ ।

उनीहरूले एकार्कालाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिनेछन् । प्रचण्ड प्रधानमन्त्री र कार्की मुख्यमन्त्री बनेपछि उनीहरूबीच यो पहिलो औपचारिक भेटवार्ता हो ।