राजनीति

जसपा उत्पीडित खसहरुको सारथी हो: नेता केसी



काठमाडौँ, १९ माघ । जनता समाजवादी पार्टी, नेपालका राजनीतिक समिति सदस्य राजन केसीले जसपा उत्पीडित खसहरुको सारथी भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् । “जसपाले खसहरुको पहिचान र अधिकार मात्र हैन खस आन्दोलनले उठाएको मर्मलाई स्विकार गरेको छ । पुराना पार्टीहरुले अझै पनि खसहरुको अधिकारका सवालमा प्रष्ट हुन सकेका छैनन्” उनले भने ।

खसान सभ्यता लोप हुँदै गएको र संघीयताको अभ्यासमार्फत उत्पीडित खसहरुको सांस्कृतिक पुनर्जागरणमा जसपाले नै साथ दिने उनले बताए ।