Banner News

दल दर्ता खारेजको माग गर्ने अधिकार अर्को व्यक्तिलाई छैन: प्रमुख आयुक्त थपलिया



काठमाडौँ, २० माघ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राजनीतिक दल दर्ता सम्बन्धी ऐन र संविधानले कुनै व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार नदिएको समेत थपलियाले बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दल दर्ता खारेजी गर्न माग गर्दै परेको निवेदनलाई कानुन बमोजिम टुंगो लगाउने बताउँदै उहाँले राजनीतिक दल दर्ता खारेजीको विषय कानुन बमोजिम हुने प्ष्ट पार्नुभयो । रास्वपाको दर्ता खारेजको माग गर्दै युवराज सफलले निर्वाचन आयोगमा निवेदन दिनुभउको छ ।

सोही सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘राजनीतिक दल दर्ता खारेजीको विषय छ, त्यसलाई कानुन बमोजिम टुंग्याउनुपर्दछ । राजनीतिक दल दर्ता सम्बन्धी ऐनको दफा १२, १३ र संविधानको धारा २७० लाई हेर्नुस् यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार दिंदैन । यदि त्यो हुँदो हो त क भन्ने पार्टी खारेज गरिपाउँ भनेर ख भन्ने पार्टीको नेताले निवेदन दिएर हिँड्थ्यो होला नि । त्यसकारण त्यस्तो परिकल्पना गरिएन ।’