काठमाडौँ, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवाद समाधान हुने बताएका छन् ।
आज माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने, ‘अहिले मेरो कुरा हुँदैछ, समस्या समाधान हुन्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पुन गृह मन्त्रालय दिन माग गरिरहेका छन् । तर प्रचण्डले रविलाई गृह मन्त्रालय दिन चाहेका छैनन् । यही कारण सत्ता गठबन्धनभित्र विवाद बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूलाई नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्