Banner News

डेढ महिनामा १५/१६ विधेयक अघि बढाउँछु: प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेढ महिनाभित्र १५/१६ वटा विधेयक संसदबाट अघि बढाउँने बताएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गर्दै उनले जनसरोकारका विषयलाई आफूले प्राथामिकता दिएर अघि बढाउने जानकारी गराएका थिए ।

नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाका अनुसार आफूहरूले समिति नबनेको समयमा पनि सरकारले संसद्लाई विजिनेस दिनुपर्ने सुझाव दिएको बताए । समिति नबनेको समयमा फुल हाउसबाट विधेयकमाथि छलफल गर्न सकिने भएकाले सरकारले तत्काल संसदलाई विजनेस दिनुपर्ने सचेतकहरुले धारणा राखेको उनले जानकारी दिए ।

“समिति नबनेको समयमा पनि विधेयक अघि बढाउन सकिन्छ । फुल हाउसमा छलफल गरेर अघि बढ्न सकिन्छ । त्यसकारण जनचासो र विकास निर्माणका विधेयकहरु ल्याएर संसद्लाई विजनेस दिनुपर्छ भनेर धारणा राखेका छौं,” ज्वालाले भने, “प्रधानमन्त्रीले डेढ महिनामा १५/१६ विधेयक ल्याउँछु भन्नुभएको छ ।” छलफलमा प्रधानमन्त्री प्रचण्डले विकास, सुशासन, संक्रमणकालीन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायत विषयमा तयार भएका विधेयक सदनमा लगिने जानकारी दिएका थिए ।