अर्थ

पाँच वर्षमा १ खर्ब ३७ अर्बका मोबाइल आयात



काठमाडौँ, २४ माघ । पछिल्लो पाँच वर्षमा मुलुकमा १ खर्ब ३७ अर्ब रुपैयाँबराबरको मोबाइल आयात भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार विगत ५ आर्थिक वर्षमा १ खर्ब ३७ अर्ब तथा प्रतिवर्ष करिब २७ अर्ब ४६ करोड रुपैयाँ बराबरको मोबाइल आयात भएको हो । मोबाइल आयाबाट गत पाँच वर्षमा सरकारलाई २१ अर्ब ६४ करोड ८७ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ । प्रतिवर्ष औषत ४ अर्ब ३३ करोड राजस्व प्राप्त हुने गरेको प्राधिकरणले जनाएको छ ।

गत आर्थिक वर्ष (२०७८ /०७९) मा ५५ लाख ८६ हजार ५७८ थान मोबाइल सेट आयात भएको प्राधिकरणको तथ्यांक छ । चालू आर्थिक वर्षको प्रथम चौमासिकमा भने २६ लाख १ हजार ७८० मोबाइल सेट भन्सारबाट आयात भएका छन् ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।