काठमाडौँ, २५ माघ । सामाजिक संजाल दुरुपयोग गरेर ठगेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले २० वर्षीया युवतीलाई पक्राउ गरेको छ ।
अपराध अनुसन्धान कार्यालयका अनुसार सुनसरीको रामधुनी गाउँपालिका घर भएर काठमाडौँ बस्ने स्वस्तिका श्रेष्ठ उर्फ युनिसालाई पक्राउ गरेको हो । अष्ट्रेलियामा बस्ने केटी साथीको नाममा फेसबुक आइडी बनाएर युनिसाले केटा साथी बनाएर ठगी गरेकोहो ।
विभिन्न बहाना बनाएर उनले आफ्नो बैंक खाता तथा वालेटहरुमा पैसा पठाउन लगाएर सम्पर्क विहीन हुने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई थप अनुसन्धान र कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले साइबर ब्युरोमा पठाएको छ ।










प्रतिक्रिया दिनुहोस्