काठमाडौँ, २६ माघ । नेकपा (एमाले)ले पार्टीको सुदृढीकरण र विस्तारका लागि दुई महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार फागुन र चैतमा चलाइने अभियानको नाम ‘मिसन ग्रास रुट’ राखिएको छ ।आजको सचिवालय बैठकले अभियानअन्तर्गत पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई सरदरमा तीनवटा पालिकामा खटाउने निर्णय गरेको हो ।
केन्द्रीय सदस्यलाई पार्टी सदस्यताको नवीकरण गर्ने, प्रशिक्षण गर्ने, समाजमा योगदान गरेकालाई सम्मान गर्ने, पार्टीका बारेमा राय सुझाव लिनेलगायतका ११ वटा कार्यादेश तोकिएको ज्ञवालीले बताए ।










प्रतिक्रिया दिनुहोस्