राजनीति

उच्चस्तरीय संयन्त्रको बैठकमा यादवसहित सीके राउत र रञ्जिता सहभागी भएनन्



काठमाडौँ, २७ माघ । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । गठबन्धनमा सात दल आबद्ध छन् । तर, बैठकमा चार दलका नेता मात्र सहभागी छन् ।

गठबन्धनमै आबद्ध जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका कोही पनि नेता बैठकमा सहभागी भएनन् ।

बैठकमा संयन्त्रका संयोजक समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन मात्र सहभागी छन् ।