राजनीति

राष्ट्रपति एमालेलाई दिने विषयमा दुई दल बिच पहिला नै सहमत भैसकेको छः पृथ्वीसुब्वा



काठमाण्डौ,२९ ,माघ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले कम्युनिष्ट पार्टी र त्यसका कार्यकर्ता जनतासँग जोडिनु पर्ने बताउनुभयो । पार्टी भित्रका समस्याको जरोसम्म पहिचान गरेरसमाधानको उपाय खोज्नु पर्ने उहाँको भनाई छ । नेपालको कम्युनिष्ट पार्टीलाई अन्य देशको जस्तो होइन नेपालको जस्तै बनाउनु पर्नेमाउहाँले जोड दिनुभयो ।

जनताबाट अनुमोदित भएको पार्टीले सरकार चलाउने र कार्यकर्ताबाट अनुमोदित भएको नेताले पार्टीले चलाउने कुरालाई बिर्सन नहुनेउहाँले बताउनुभयो । क्याडर बेस पार्टीको पुरातन वादी सोच र मास बेस पार्टीको दलदलबाट एमाले माथि उठ्नु पर्नेमा उहाँले जोडदिनुभयो । ‘अन्य देशको कम्युनिष्ट पार्टी र नेपालको कम्युनिष्ट पार्टी फरक छ, क्याडर बेस पार्टी बनाएर नेपालको कम्युनिष्ट पार्टीचल्दैन’, उहाँले भन्नुभयो ।

अहिलेको सत्ता समीकरण कांग्रेसकै कारण बनेको पनि गुरुङले प्रष्ट पार्नुभयो । यदि माओवादीलाई पहिला प्रधानमन्त्री दिएको भएपुरानो सत्ता गठबन्धन नभत्किने उहाँले बताउनुभयो । कांग्रेसको अहंकारले पुरानो सत्ता गठबन्धन भत्किएको र नयाँ गठबन्धन बनेकोउहाँको भनाइ छ ।