रुपन्देही, १ फागुन । जिल्लाको सैनामैना नगरपालिका–१० बाट खैरो हेरोइन सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सैनामैना घर भएका २३ वर्षीय नवीन सेन, २४ वर्षका नारायण शाही, ३१ वर्षीय प्रतिप गौतम र २८ वर्षीय सन्दीप गौतमलाई पक्राउ गरेको हो ।
कपिलवस्तुबाट खैरो हेरोइन लिएर आउँदै गरेका नवीन र नारायणको साथबाट प्रहरीले २ सय मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । प्रतिप र सन्दीपको साथबाट ८ सय मिलिग्राम खैरो हेरोइन बरामद गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्