राजनीति

अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता



काठमाडौँ, २ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

दुई दिने नेपालमा भ्रमणका लागि नेपाल आएका क्वात्रा नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । भेटमा दुई देशबीचको सम्बन्ध, सहयोग आदाप्रदान लगायत समसामायिक विषयमा कुराकानी भएको थियो ।