दाङ, ३ फागुन । दाङको देउखुरीमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरेका छन् ।
प्रहरीका अनुसार लमही नगरपालिका–१ का वसन्तराज अधिकारीले पालेका १९ वटा बाख्रामध्ये १७ बाख्रा चितुवाले मारिदिएको हो । बाख्रा बाँधेर राखेकाे खाेरभित्रै पसेर चितुवाले बाख्रामाथि आक्रमण गरेकाे हाे ।
आफूले व्यावसायिक रुपमा पालेका बाख्रा मर्दा दुई लाख रुपैयाँ भन्दा बढी क्षति भएकाे पिडितले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्