राजनीति

टर्की र सिरियाका भुकम्प पिडितलाई राहत तथा उद्दार व्यवस्थित गर्न ४० संस्थाद्वारा आव्हान



भक्तपुर, ३ फागुन । माघ २३ गते टर्की र सिरियामा गएको विनासकारी भुकम्पका कारण ठूलो मानवीय तथा भौतिक क्षतीप्रति नेपालका ४० भन्दा बढी संस्थाहरुले दुःख व्यक्त गर्दै पिडितलाई राहत तथा उद्दारलाई व्यवस्थित गर्न आव्हान गरेका छ ।

हिजो भक्तपुरको तौमाडीमा आयोजित ४० भन्दा बढी संघ संस्थाका प्रतिनिधिहरुले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जी व्यक्त गरेका छन् । उक्त दुःखद् घडीको शोकलाई शक्तिमा बदल्न हिम्मत मिलोस् भन्दै घाइतेहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेकोछ । उक्त घटनामा हालसम्म २८ हजारभन्दा बढी नागरिकको ज्यान गइसेकोका छ ।

हिजो जारी विज्ञप्तीमा भनिएको छ, ‘यही २०७९ साल माघ २३ गते सोमबार टर्की र सिरियामा गएको ७.८ रेक्टरको भूकम्पले ती देशका २८ हजार भन्दा बढी नागरिकहरुको दुस्खद निधन भएको थियो भने ठूलो मात्रामा धन सम्पत्तिको नोक्सानी हुनुको साथै लाखौंको संख्यामा घाइते हुनुभएको समाचार सुन्दा २०७२ सालको भूकम्पको प्रकोपबाट प्रताडित हामी नेपाली नागरिकहरु स्तब्ध भएका छौं । यस दुस्खद घडीमा हामी भक्तपुरबासीहरु आज भक्तपुरको तौमाडी परिसरमा ४० भन्दा बढी विभिन्न संघरसंस्थाका प्रतिनिधिहरु सहित उपस्थित भइ दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली ब्यक्त गरियो । भूकम्पको कारणले घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूमा सिघ्र स्वास्थ्यलाभको कामना गर्दै यस किसिमको अत्यन्त दर्दनाक पीडामा मानबीय उद्वारका लागि विश्व समुदाय लागिपरेको र अझ लागि पर्न अन्तर्राष्ट्रिय संघरसंस्थालाई आव्हान समेत गरियो । यस दुस्खद घडीमा दीप प्रज्ज्वलन समेत गरियो । स्वच्छ हावा प्रवर्द्धन संजाल भक्तपुरका अध्यक्ष नवराज काफ्लेले कार्यक्रम संचालन गर्नुभएको थियो भने उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपाने लगायत विभिन्न संस्थाका प्रमुख/प्रतिनिधिद्वारा दीप प्रज्जवलनमा सहभागी भएका थिए ।’