समाचार

कालीगण्डकीमा बस खस्यो : १७ जना घाइते



पोखरा, ३ फागुन । मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट जीप कालीगण्डकीमा खसेको हो । ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको छ । बस करिब ४५ मिटर तल खसेको हो ।

गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइसकिएको छ भने बाँकी तीन जना सामान्य घाइतेको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।