काठमाडौँ, ४ फागुन । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार प्रदेश–१ लगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आज बिहान मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्