भक्तपुर, ४ फागुन । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको पहलमा भक्तपुरमा पाँच ठूला आयोजनाहरु निर्माण सुचारु हुने भएको छ ।
विगतमा कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनका सरकारले भक्तपुरमा कटौती गरेका पाँच आयोजनाहरु पुनः सुचारु हुने भएको छ । नेता बस्नेत र स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीबीच मन्त्रालयमा भएको भेटवार्ता पछि देउवा नेतृत्वको सरकारले रोकेका ४ आयोजना पुनः सुचारु गर्ने सहमति भएको हो । त्यस्तै अर्को यातायात कार्यालय गुण्डुमा निर्माण गर्ने कार्य पनि सुचारु भएको छ ।
आयोजना सुचारु गर्न लागिएका पाँच आयोजनाहरु,
१. एक निर्वाचन क्षेत्र एक अस्पताल निर्माणका लागि केपी ओली सरकारको पालामा भक्तपुर जगातीमा रहेको सूर्यविनायक नगर अस्पतालको भवन निर्माणका लागि विनियोजित रु १८ करोड बजेटको काम तत्काल टेण्डर प्रक्रिया अगाडि बढाइ सुरु गरिने ।
२. भक्तपुर चाँगुनारायण नगरपालिकाको दुवाकोटमा आधुनिक वीर अस्पताल निर्माणका लागि छुट्टाईएको जग्गामा आउदो फागुन ११ गते मन्त्रालयका टिमद्वारा फिल्ड निरीक्षण गरी सोही दिनदेखी उक्त जग्गामा तारको बार लगाउने काम सुरु गर्नुको साथै बाकीँ थप कामको प्रक्रिया समेत अगाडि बढाइने ।
३. भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि सूर्यविनायक नगरपालिका वडा नं. १० चितापोलको नगरकोटी टोलमा रहेको १०० रोपनी प्रतिजग्गाको फिल्ड निरीक्षण गरी प्रक्रिया अगाडि बढाइने ।
४. तत्कालिन गठबन्धन सरकारले कोल्याप्स गरेको भक्तपुर मानव अंग प्रत्यारोपणका लागि विनियोजित रु १ अर्ब र भक्तपुर क्यान्सर अस्पतालका लागि विनियोजित रु २ अर्ब बजेटलाइ पुन: कार्यान्वयनमा ल्याइने ।
५. गुण्डुमा यातायात कार्यालय निर्माण कार्य ।
भक्तपुर स्वास्थ्य क्षेत्रको केन्द्रको रुपमा विकास हुन्छ: नेता बस्नेत
देउवा सरकारले रोकेको तर नेता बस्नेतको पहलमा पुनः सुचारु हुने भक्तपुरका पाँच आयोजनाहरुले भक्तपुरको विकास र समृद्धिको यात्रामा मेरुदण्डको रुपमा स्थापीत हुने नेता बस्नेतको भनाइरहेको छ । केपी ओली नेतृत्वको सरकारले शुरु गरेको उक्त पाँच वटा आयोजनाहरु देउवा सरकारले कैची लगाएको थियो । उक्त समयमा स्वास्थ्य राज्यमन्त्री उमेश बस्नेतले भक्तपुरको बजेट कटौती गरी चितवन लानुभएको थियो । जसको लागि भक्तपुर जिल्लाका कांग्रेसका नेताहरुले समेत उक्त आयोजना निर्माण गर्न रोक्नुपर्ने भन्दै मन्त्री समक्ष प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा दवाव समेत सिर्जना गरेका थिए । तर नेता बस्नेतले वर्तमान गठबन्धनको सरकार बनेसँगै पुनः उक्त बजेट तथा आयोजनालाई सुचार गराउन सफल बन्नुभएको छ । उक्त आयोजनाहरु निर्माण सम्पन्न भएपश्चात भक्तपुर स्वास्थ्य क्षेत्रमा जिल्लामा आमुल परिवर्तन सहितको स्वास्थ्य क्षेत्रको केन्द्रको रुपमा विकास हुने नेता बस्नेतले बताउनुभयो ।
दुर्लभ थापालाई भोट हालेर पछुताएका छौं : स्थानीय कांग्रेस नेता
नेता बस्नेतकै पहलमा गुण्डुमा निर्माण गर्न शुरु गरिएको यातायात कार्यालयलाई कांग्रेसका जिल्ला सभापति तथा प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले रोक्ने प्रयास गरेका थिए । गुण्डुमा यातायात कार्यालय कुनै हालतमा बन्न दिन्न भनेर उद्घोष गरेका सांसद थापालाई अहिले उक्त क्षेत्रका जनताले कडा रुपमा प्रतिवाद गर्न थालेका छन् । आफुहरुले दुर्लभ थापालाई भोट दिएर पछुताएको समेत एक कांग्रेसका स्थानीय नेताले बताए ।
सांसद थापाबाट विकासको अपेक्षा गर्ने कुनै पनि सम्भावना नदेखिएको उल्लेख गर्दै उक्त नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘दुर्लभ थापासँग विकास जोडिने सम्भावन देखिएन । अहिले हामी दुर्लभलाई भोट हालेर पछुताएका छौं । आगामी दिनमा यस्तो भुल गर्ने छैनौं । भक्तपुरमा अहिले जित्ने कहाँ छन्, जनतालाई थाहा छैन, हराएका छन् तर हार्नेले जिल्लाको नेतृत्व गर्न सफल भएका छन्, जनताको मन जित्न सफल भएका छन्, जनताको माझमा विकासको नेतृत्व गरिरहेका छन् । त्यसैले अबका दिनमा गफले हैन, कामले जिल्लाको नेतृत्व गर्नेलाई निर्वाचित गराएर पठाउँछौं ।’










प्रतिक्रिया दिनुहोस्