सुर्खेत, ७ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीकै कमजोरीको कारण कांग्रेस सत्ता बाहिर पुगेको बताएका छन् ।
आइतबार बिहान सुर्खेत पार्टी कार्यालयमा बोल्दै शर्माले कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने ठोकुवा पनि गरेका छन् । समाजका सबै मान्छेहरूमा असन्तुष्टि बढिरहेको वर्तमान सत्ता समीकरण धेरै नटिक्ने दाबी गरे ।
वर्तमान गठबन्धन एम्बुस थापेर बनेको शर्माको टिप्पणी थियो । चुनावअघिको गठबन्धन कुनै एम्बुस थापेर नभई समयको आवश्यकताले बनेको उनको जिकिर थियो । कार्यक्रममा उनले नेपाल देशलाई चिन्नका लागि कर्णाली बुझ्नुपर्ने बताए । कर्णालीलाई समृद्ध नबनाई नेपालको समृद्धि हुन नसक्ने उनको भनाइ थियो । नेपाल देश चिन्नका लागि कर्णाली पैदल हिँड्नुपर्ने उनले बताए ।










प्रतिक्रिया दिनुहोस्