अर्थ

आज सेयर बजार बन्द



काठमाडौँ, ७ फागुन । सेयर बजार आज बन्द हुने भएको छ । सरकारले फागुन ७ गते आइतबार प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिएकोले आज नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । सेयर बजार बिहीबार घटेको थियो । सो दिन नेप्से सूचक २१.१५ अंकले घटेर २०७०.४१ विन्दुमा अडिन पुगेको थियो ।