अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ८ फागुन । आज बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला १ लाख ३२ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख २७ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।