काठमाडौँ, ८ फागुन । आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार २३.६० अंकले घटेर बजार परिसूचक २ हजार ४६.८१ को बिन्दुमा आइपुगेको छ ।
आज २५८ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुँदा १७७ कम्पनीको सेयर मूल्य घटेको छ भने ३२ कम्पनीको सेयर मूल्य बढेको र ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ ।
३८ हजार ४१५ कारोबार मार्फत ६० लाख ९१ हजार ३५३ किता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब ९४ करोड ७६ लाखमा सीमित छ । कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक सबै उपसमूह राताम्मे बनेका छन् ।










प्रतिक्रिया दिनुहोस्