समाचार

प्रियंकाको हत्या आरोपमा श्रीमानसहित ३ जना पक्राउ



विराटनगर, ९ फागुन । विराटनगर महानगरपालिका–१९ कि २८ वर्षीया प्रियंका सुनार हत्या आरोपमा प्रहरीले ३ जना पक्राउ गरेको छ । यसअघि प्रहरीले प्रियंकाका श्रीमान रमेश साह र कटहरी गाउँपालिका–५ का रमानन्द रामलाई पक्राउ गरेको थियो ।

सोमबार दिउँसो कटहरी गाउँपालिका–५ का उमेश सरदारलाई पनि पक्राउ गरेको हो । यीबाहेक अन्य व्यक्तिलाई पनि सोधपुछका लागि बोलाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा रमानन्द शव व्यवस्थापनमा संलग्न भएको देखिएको र त्यस क्रममा उमेशको गाडी प्रयोग भएको पाइएको छ ।

प्रियंकाको शव मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा बोराभित्र फेला परेको थियो ।प्रहरीले शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ ।