समाचार

दुई विकेटले नेपालले स्कटल्यान्डलाई हरायो



काठमाडौँ, ९ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलामा नेपालले स्कटल्यान्डविरुद्ध जित निकालेको छ ।

आज त्रिवि मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले हराएको हो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ९५ रन बनाए । एकदिवसीय क्रिकेटमा रोहितको यो सातौँ अर्धशतक हो ।

नेपालले पाएको २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा पूरा गर्‍यो ।