मकवानपुर, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ स्थित हेटौंडा अस्पतालको परिसरमा नवनिर्मित भवनको उद्घाटन गरेकी छन् ।
संघीयता कार्यान्वयन पछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको रहेको नवनिमिर्तत भवनको उद्घाटन भएसँगै हेटौंडा अस्पताल २०० शय्यामा सञ्चालन भएको छ । यसअघि अस्पतालमा तत्कालीन विकास समितिको ६० शय्या र सरकारको ५० शय्यामा मात्र संचलनमा रहेका थियो ।
नयाँ भवनको निर्माण भएसँगै ७० शय्या तथा अतिरिक्त २० शय्या थप गरी २०० शय्या सञ्चालन ल्याइएको हो । संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ३० करोड रुपैयाँ, प्रदेश सरकार, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब ६ करोड रुपैयाँसहित ३६ करोड रुपैयाँको लागतमा तीन तले अस्पताल भवनको निर्माण गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवम् हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्