कास्की, ९ फागुन । पोखरा महानगरपालिका-५, पस्र्याङस्थित खुँडेपोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।
पर्वत घर भई हाल पोखरा-५, धारापानीमार्गमा बस्दै आएका सुनिता केसीका चार वर्षीय छोरा सुहान केसी सोमबार साँझ ६ बजेदेखि हराइरहेकोमा खोजी गर्ने क्रममा खटिएको प्रहरी टोलीले आज अपराह्न पोखरीमा शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको ‘रेस्क्यु’टोलीले बालक पोखरीमा डुबेको आशङ्कामा खोजी गरेको थियो । घरबाट खेल्न निस्केका केसी अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेपछि हिजोदेखि नै खोजी सुरु गरिएको खड्काले बताए ।










प्रतिक्रिया दिनुहोस्