राजनीति

निजामती सेवाको ‘राष्ट्रिय नीति’को मस्यौदा प्रस्ताव नै गायब



काठमाडौँ, १० फागुन । सरकारले चार वर्षअघि नै प्रस्ताव गरेको निजामती सेवाको राष्ट्रिय नीतिको मस्यौदा प्रस्ताव एकाएक गायब भएको छ ।

चार वर्षअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवाको राष्ट्रिय नीतिसम्बन्धी प्रारम्भिक मस्यौदा मन्त्रालयमै गायब भएको हो । चार वर्षदेखि गायब सो नीतिको खोजी कसैले पनि गर्न सकेका छैनन् । यस अवधिमा मन्त्रालयमा कयौं मन्त्री र सचिव परिवर्तन भइसकेका छन् । अहिले त निर्वाचन सकिएर नयाँ नेतृत्व आइसकेको छ । तर पनि नयाँ सरकारका नयाँ मन्त्रीले पनि निजामती सेवाको राष्ट्रिय नीति बनाउने विषयका बारेमा कुनै छलफल थालेका छैनन् ।

मन्त्री र सचिवको लगातार परिवर्तन भइरहेकाले चार वर्षअघि बनाइएको निजामती सेवाको राष्ट्रिय नीति मस्यौदाका बारेमा मन्त्रालयमा खोजीनीति नै हुन छोडेको बताइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।