अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १० फागुन । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला १ लाख ३ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख २५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।