काठमाडौँ, १० फागुन । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले लघुवित्त संस्थाका कारण गरिब झन्झन् गरिबीले थला परेको बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपाल राष्ट्र बैंकले आँखा चिम्लँदा लघुवित्तको सुपरिवेक्षण नभएको जिकिर गरे ।
उनले भने, “अति न्यून आय भएका गरिबलाई त्यो गरिबीको आहालबाट निकाल्ने काम होला भनेको लघुवित्त संस्थाको कारण उठ्नै नसक्ने गरी गरिबहरू थला परेका छन् । अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्त संस्था, तत्कालको गर्जो टार्न जहाँ जसरी भए पनि ऋण लिने ग्राहकहरू, अनुमति दिँदा हात फैलाउने र सुपरिवेक्षण गर्दा मुठी कस्ने राष्ट्र बैंक । यही कारणले संकट देखिएको हो ।”










प्रतिक्रिया दिनुहोस्