Banner News

लघुवित्तको समस्या समाधान गर्न गम्भीर छौँ : अर्थमन्त्री पौडेल



काठमाडौँ, १० फागुन । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न सरकार गम्भीर भएर लागिपरेको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकपश्चात् संसद् भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले लघुवित्तमा देखिएको वर्तमान समस्या समाधानका लागि सरोकारवालासँग गम्भीर रूपमा छलफल भइरहेको बताए ।

उनले भने, “लघुवित्तका समस्याको सम्बन्धमा ध्यानाकर्षण भएको मात्रै होइन, यो विषयमा गम्भीर भएर सरोकारवालाहरूसहित बैठक बसेका छौँ ।” विभिन्न चरणमा बैठक बसेर केही महत्त्वपूर्ण निर्णयहरू समेत भइसकेको उनको भनाइ छ ।