काठमाडौँ, ११ फागुन । कोभिड–१९ विरुद्धको तीन लाख ४५ हजार डोज फाइजर खोप नेपाल आइपुगेको छ ।
कोभ्याक्स सुविधामार्फत उपलब्ध गराइएको १५ लाख डोजमध्ये सो खोप बिहीबार बिहान कतार एयरमार्फत काठमाडौँ ल्याइएको हो ।
यही फागुन १ देखि ८ गतेसम्म तीन चरणमा सोही खोप ल्याइएको थियो । आज समेत गरी साढे १३ लाखभन्दा बढी डोज सो खोप काठमाडौं आइपुगेको छ । फागुन १५ गते बाँकी खोप ल्याइने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्