समाचार

मोटरसाईकल एकआपसमा ठोक्किदा एकको मृत्यु



जनकपुरधाम, १४ फागुन । धनुषामा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषका अनुसार विपरीत दिशाबाट आइरहेको एउटा मोटरसाइलकले अर्को मोटरसाइकललाई ठक्कर दिँदा सबैला नगरपालिका अमरखानाका २३ वर्षीय अजयकुमार यादवको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा सबैला नगरपालिका–७ का जितु ठाकुर बरही र सोही नगरपालिका–५ सुरज मण्डलको अवस्था गम्भीर छ भने सोही दुर्घटनमा घाइते भएका सबैला नगरपालिका–१० का मनोज यादव र रविन्द्र मण्डलको अवस्था भने सामान्य रुहेको प्रहरीले जनाएको छ ।