सुर्खेत, १४ फागुन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तनको अपेक्षा गर्न नसकिने बताएका छन् ।
आज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले वामपन्थीहरू एक ठाउँमा आएको अवस्थामा मात्र परिवर्तन हुन सक्ने बताएका हुन् । उनले भने, ‘देश जुन तरिकाले अघि बढिरहेको छ, गठबन्धनहरू कति बेला, कसरी बन्ने हुन अहिले यसै भन्न सकिने अवस्था छैन । अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तन हुन्छ जस्तो मलाई लाग्दैन। अहिले नेपालका वामपन्थीहरू एक ठाउँमा आउने हो भने परिवर्तनको अवस्था छ । तर वामपन्थीहरूमा अर्कै रूप देखिन्छ ।’
उनले वामपन्थीहरुकाे बीचमा एकता हुन आवश्यक रहेको बताउदै उनले भने, ‘तर उनीहरू भित्रै दक्षिणपन्थी छन् । त्यसैले नेकपा एकीकृत समाजवादीको तत्काल कुनै पार्टीसँग एकता हुने सम्भावना न्यून रहेको छ, ।










प्रतिक्रिया दिनुहोस्