काठमाडौँ, १४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
सोमबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको हो । राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने छलफल गर्न बैठक बोलाइएको बताएको छ ।
बैठकमा चितवन क्षेत्र नम्बर २ मा हुने उप निर्वाचनका विषयमा पनि छलफल हुने बताइएको छ । यस्तै, पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा पनि छलफल हुने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्