काठमाडौँ, १५ फागुन । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँकस्कोटाले आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा कांग्रेससहितको ८ दलीय गठबन्धनले उठाउने राष्ट्रपतिका उम्मेदवार कम्फरटेवल कठपुतलीको छाप भएको दावी गर्नुभएको छ ।
कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेले उठाएको राष्ट्रपतिको उम्मेदवार रबर छाप हुने र कांग्रेसले उठाएको साझा छाप हुने बताएपछि पूर्वमन्त्री बाँस्कोटाले कटाक्ष गर्दै एमालेको उम्मेदवार चन्द्र सूर्यजस्तै भएको दावी गर्नुभयो । गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल २०५५ सालको कालापानीको मुद्धामा नै भागेको स्मरण गराउँदै नेता बाँस्कोटाले प्रचण्डले सेनापतिको विषयमा समेत पोल खोल्नुभएको छ ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘गगन गफ सुनियो-एमालेले उठाउने रबर र काग्रेसको साझा छाप हुन्छ । म भन्छु-एमालेको चन्द्र सूर्य र कांग्रेसले उठाउने कम्फरटेबल कठपुतली छाप हुन्छ । रामबरणले संविधान जारी गर्ने बेला के गर्या थे ? र,सेनापति प्रकरणमा प्रचण्डलाई लोप्पा कस्ले ख्वाथ्यो ? रामचन्द्र कालापानी मुद्दामा ०५५ मै भाग्या थे ।’
राष्ट्रपतिका लागि ८ दलीय गठबन्धनको तर्फबाट रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ भने एमालेको तर्फबाट सुवास नेम्वाङ मैदानमा हुनुहुन्छ ।










प्रतिक्रिया दिनुहोस्