समाचार

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु



प्रहरीका अनुसार बामेखोलाबाट तीनकुनेतर्फ आउँदै गरेको भे१ख १५२८ नम्बरको मिनिट्रकले बिहान करिब ९ बजे पैदल हिँडिरहेका दुवैजनालाई एकैसाथ ठक्कर दिएको थियो ।

वीरेन्द्रनगर–११ का ४२ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कालागाउँस्थित कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको जनाइएको छ । घाइते भएका ४९ वर्षीय बुद्धिराम थारुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मिनिट्रक चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।