समाचार

बलात्कारको आरोपमा एक जना पक्राउ



भक्तपुर, १७ फागुन । जिल्लाको मध्यपुर थिमि नगरपालिका १७ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

भक्तपुर प्रहरी परिसरका अनुसार आफनै डेराकोठामा बस्ने १७ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीमा डेराकोठामा वस्ने दोलखा मेलुग गाउँंपालिका वडा नं ५ घर भएका वर्ष २३ का जय भन्ने श्री थापालाई पक्राउ गरेको हो ।

फागुन ७ गते बलात्कार गरेको पीडितका आफन्तले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई पक्राउ गरेको हो । मध्यपुर थिमि नगरपालिका वडा नं ६ पुरानो थिमिबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा जिल्ला अदालत भक्तपुरमा पेश गरेको र अदालतले ६ दिन म्यान थप गरी प्रहरी र्वत थिमि भक्तपुरमा राखिएको छ ।