राजनीति

अध्यक्ष ओली र वामदेव गौतमबीच भेटवार्ता



काठमाडौँ, १७ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

आज दिउँसो ओली भैँसेपाटीस्थित गौतमनिवास पुगेका हुन् । उनीहरूबीच करिब एक घण्टा छलफल भएको गौतमको सचिवालयले जनाएको छ ।

त्यसक्रममा ओलीले राष्ट्रपतिका उमेदवार सुवास नेम्वाङलाई भोट हाल्न गौतमलाई आग्रह गरेको बताइएको छ ।