Banner News

आयुर्वेदका लागि नेपाल सही र उचित गन्तव्यस्थल : प्रधानमन्त्री दाहाल



काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल भएको बताएका छन ।

आजदेखि काठमाडौँमा सुरु भएको सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो प्राकृतिक रुपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थलमा विभिन्नखाले समस्याहरु परिरहेको टी त्यसलाई न्यूनीकरण गर्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताए । उनले नेपाल आयुर्वेद क्षेत्रको लागि प्राकृतिक भूमि भएको उल्लेख गर्दै नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसी लगायतका अति महत्त्वपूर्ण वनस्पतिहरु पाइने उल्लेख गरे ।

उनले भने, ‘नेपाल आयुर्वेद क्षेत्रको प्राकृतिक भूमि हो । नेपालमा विभिन्न प्रकारका प्राकृतिक औषधिहरु पाइन्छन्, यार्सागुम्बा, अमला, लगायतका विभिन्न अमूल्य जडीबुटीहरु पनि यहाँ पाइन्छ । सिंहदरबारमा रहेकाे वैद्यखानाबाट पनि हामीले आयुर्वेदलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । हामीले पहिलो प्राथमिकतामा राखेर आयुर्वेद अस्पतालका लागि औषधिहरुको मुख्य थलोको रुपमा नेपाललाई भारतले राखेको छ ।’