काठमाडौँ, १९ फागुन । राष्ट्रपतिका उमेदवार सुवास नेम्वाङले संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग मत माग्ने क्रम जारी राखेका छन् । नेम्वाङले आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरलाई मत मागेका छन् । पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत नेता लोसपा कार्यालय पुगेका थिए ।
एमाले सचिव भट्टराईले नेम्वाङको उमेदवारीप्रति महन्थ ठाकुर सकारात्मक रहेको र २४ गते बैठक बसेर निर्णय गर्ने बताएको जानकारी दिए । नेम्वाङले बिहीबार नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालय पुगेर मत मागेका थिए ।
२५ गते हुने राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उमेदवार छन् । पौडेल भने सांंसदहरुलाई प्रदेशस्तरमा भेला गर्दै मत मागिरहेका छन् । लोसपाका नेता राजेन्द्र महतोले नेम्वाङलाई शुभकामना दिइएको बताए ।










प्रतिक्रिया दिनुहोस्