राजनीति

भक्तपुरमा ‘राष्ट्रको लागि २ घण्टे अभियान’ घोषणा



ललितपुर, २० फागुन । भक्तपुर हनुमन्ते नदि सफाई अभियान मधु ढुङ्गेलको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

ललितपुर, सिस्नेरी स्थित ट्रिबोन्स रिर्सोट नेपालमा भएको अभियानको स्थापना दिवस सहित सम्पन्न ५ वार्षिकोत्सव कार्यक्रममा जिल्ला भित्रका सफाई अभियान प्रेमीहरुका विच नेतृत्व चयन गरिएको हो । कार्यसमितिमा उपाध्यक्षत्रय नरेश रञ्जिल, जयराज पौडेल र उत्तरा नेपाल, महासचिव नबराज काफ्ले, सचिवद्धय चन्द्रकृष्ण श्रेष्ठ र गोविन्द आचार्य,कोषाध्यक्ष राम खड्का, सहकोषाध्यक्ष विना देउजा, सदस्यहरुमा पहलमान श्रेष्ठ, सोम प्रसाद प्रधान, सुन्दर विष्ट, शान्ति पौडेल, गणेश दाहाल, अमित कुमार उपाध्याय, राज्यलक्ष्मी श्रेष्ठ, जयन्ती महत, राजेश कटुवाल, वेद प्रसाद खरेल, वीरेन चम्लागाई, पुरुषोत्तम श्रेष्ठ, पार्वती दंगाल, शारदा पन्त, राजु कुटु, ईन्द्रबहादुर थापा, अशिष पौडेल, रिता पाख्रीन, रत्नकाजी प्रजापति, प्रमोद उपाध्याय, श्रीकुमार रञ्जित, राधीकादेवी आचार्य सर्वसम्मत चयन भएको आयोजकले जनाएको छ ।

सल्लाहकार समिति गठन

त्यसैगरि अभियानको प्रमुख सल्लाहकारमा पूर्वउद्योग मन्त्री महेश वस्नेत, सल्लाहकारहरुमा वागमती प्रदेश सभासदहरु किरण थापा, शुरेस श्रेष्ठ र शकुन्तला श्रेष्ठ, जिसस प्रमुख ईश्वर थापा, निर्वतमान वागमती प्रदेश सभासदत्रय रजनी जोन्छे, प्रतिमा श्रेष्ठ र शशीजगं थापा, पूर्व नगर प्रमुख मदनकृष्ण श्रेष्ठ, पूर्व नगर उपप्रमुखद्धय जुना वस्नेत र अन्जनादेवी मधिकर्मी, गैसस महासंघ भक्तपुरका अध्यक्ष नारायण प्रसाद न्यौपाने, रेडक्रस सोसाईटी भक्तपुरका सभापति मनोज कुमार थापा, वातावरणविद हिम्मतसिंह लेकाली, रेडक्रस सोसाईटी भक्तपुरका मन्त्री प्रशुराम पाण्डे, भागिरथा सिटौला, शक्तिमोहन पौडेल, विनोद आचार्यलाई सर्वसम्मत चयन गरिएको छ ।

राष्ट्रको लागि २ घण्टे अभियान’ घोषणा

राष्ट्रका लागि २ घण्टे अभियान सञ्चालन गर्ने उद्घोषका साथ हनुमन्ते नदि सफाई अभियानका अभियन्ताहरु विच भएको अन्तरक्रिया कार्यक्रमबाट विभिन्न सामाजिक कार्यहरुका साथ आगामी दिनमा सर्वपक्षिय सहमति जुटाई निरन्तर अगाडि बढ्ने निर्णय गर्दै अभियानलाई यहाँसम्म ल्याउन महत्वपूर्ण योगदान पुरयाउने सम्पूर्णमा धन्यवाद समेत प्रकट गरेको छ ।

स्वं. रुद्र पौडेललाई मरणोपरान्त सम्मान

त्यसैगरि अभियानलाई भक्तपुर जिल्लामा जोडी उत्प्रेरणा जगाउन पुरयाएको योगदानको उच्च मुल्याकंन गर्दै मरणोपरान्त स्वं. रुद्र पौडेललाई सम्मान समेत गरिएको छ । स्व.पौडेलको श्रीमती शान्ता पौडेललाई अभियानका प्रमुख सल्लाहकार महेश वस्नेतले सम्मान पत्र वितरणका साथ दोसल्ला ओढाई सम्मान गरेका थिए ।

कौशलटार चोकबाट बालकोट पूलतर्फ सरसफाई कार्यक्रम गर्दै ललितपुर स्थित ट्रिबोन्स रिर्सोट नेपालमा सम्पन्न भएको अभियानको स्थापना दिवस एवं वार्षिकोत्सव कार्यक्रमका विच ईतिहासरत्न प्रा.डा.पुरुषोत्तम लोचन श्रेष्ठ, पूर्व मन्त्री वस्नेत,वागमती प्रदेश सभासदद्धय थापा एवं श्रेष्ठ, जिसस प्रमुख थापा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिलिप कुमार प्रजापति, नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, मध्यपुर थिमी नगरपालिका प्रवक्ता कृष्णहरि आचार्य, डिभिजन बन कार्यालय भक्तपुरका प्रमुख प्रेम प्रसाद सापकोटा, मध्यपुर थिमी नगरका पूर्व नगर प्रमुख मदनकृष्ण श्रेष्ठ, पूर्व नगर उपप्रमुखद्धय जुना बस्नेत एवं अन्जनादेवी मधिकर्मी, प्याब्सन भक्तपुरका अध्यक्ष निलेश आचार्य, नेपाल रेडक्रस सोसाईटी भक्तपुरका मन्त्री प्रशुराम पाण्डे, वागमती सफाई अभियानका सेवक किशोर शाही लगायतका वक्ताले निर्धारित कार्यक्रम सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा शसत्र प्रहरी बल उपरिक्षक दिनेश कुमार महत, जिल्ला प्रहरी परिसर भक्तपुरका डिएस्पी कुमार मैनाली, मध्यपुर थिमी प्रहरी वृत्तका ईन्सपेक्टर बिर बहादुर बडाएर, जिसस सदस्य विनु केसी, योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष विजेन्द्र ध्वजु, डिभिजन बन कार्यालय भक्तपुरका योजना अधिकृत सलिना कडाल, क्यान्सर अस्पतालका डा.सारुख साङगाछे, मनोहरा सरसफाई अभियानका संयोजक चन्द्र दंगाल, प्याब्सन कोषाध्यक्ष लक्ष्मी कुटु, सुन्दरीघाट वागमती सरसफाई अभियानका संयोजक चित्र सुनुवार, स्वच्छ हावा प्रर्वद्धन सञ्जाल, नेफ्सेम्याक, नेपाल फुलबारी, स्वच्छ वातावरण सृजना केन्द्र, मानव अधिकार एलायन्स, वेभ गु्रप, पातञ्जल योग समिति नेपाल, जीवन विज्ञान, क्याप नेपाल, पतञ्जली योग समिति, पारीजात सामाजिक सेवा समाज, कस्तुरी वचत तथा ऋण सहकारी, मानवीय आस्था नेपाल, कल्पवृक्ष वचत तथा ऋण सहकारी, सक्षम सहकारी, कौशलटार बोर्डिङ्ग, जनप्रेमी कलेज, नेपाल रेडक्रस दुवाकोट, बालकोट एवं ताथली उपशाखा, वडास्तरीय लैगिंक हिंसा नियन्त्रण सञ्जाल, आस्था महिला विद्यालय, नौलो आयाम मेडिया, बालकोट सहकारी, चेतनशील महिला समुह लगायतको उपस्थिति रहेको थियो ।