अर्घाखाँची, २० फागुन । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले मिसन ग्रास रूट कार्यक्रम अभियानले आगामी निर्वाचनसम्ममा न्यूनतम ५१ प्रतिशत जनमत प्राप्त गर्ने दावी गर्नुभएकाे छ ।
प्रेस चौतारी अर्घाखाँची शाखाले शनिबार सन्धिखर्कमा राखेकाे पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका रायमाझीले आगामी निर्वाचनमा स्थानीय, प्रदेश र संघको निर्वाचनमा पार्टीले न्यूनतम ५१ प्रतिशत जनमत प्राप्त गर्ने दावी गर्नुभयो । उहाँले पार्टीले सरकारको नेतृत्व गर्ने किसिमले दुई महिने संगठन सुदृढीकरण अभियान (मिसन ग्रास रूट) को संचालन गरेको बताउनुभएको हाे ।
एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पार्टीले कुनै ह्वीप नलगाउने बताउनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल सहमति विपरित राष्ट्रपति निर्वाचनमा कांग्रेससँग सहकार्य गर्न जानुमा त्यसभित्र ठूलो झाल झेल भएको बताउनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्