समाचार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या शून्य



काठमाडौँ, २० फागुन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ ।

नेपालमा संक्रमितको संख्या १० लाख ११ सय ४९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ जना रहेका छन ।

मन्त्रालयका अनुसार १ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८९ हजार १ सय २२ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार २० जना रहेको मन्त्रालयले जनाएको छ ।