काठमाडौँ, २० फागुन । छतबाट लडेर गम्भीर घाइते भएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार नेपालको उपचारका क्रममा निधन भएको छ ।
उनी शंखमुलस्थित एक घरको छतबाट लडेर गम्भीर घाइते भएका थिए । एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत सरोज शनिबार दिउँसो दुर्घटनामा परेका हुन् ।
उनलाई सुरुमा नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल पुर्याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्याइएको थियो । झन्डै पाँच फिट अग्लो रेलिङ रहेको रेस्टुरेन्टको टेबलमाथि चढेर उनी हाम फालेको देखिएकाले यो दुर्घटना भन्दा पनि नियतवस आत्महत्या देखिने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
उपाध्याय लगातार तीन दिन देखि सोही रेष्टुरेन्टमा जाने गरेको रहस्य पनि खुलेको छ। गत मंगलबारदेखि शंखमूलस्थित बबिन रेष्टुरेन्टमा जाँदै आएका उपाध्याय केही कुरा गर्दैनन् थिए। कफी र चुरोट मगाउँथे । अपरान्ह एक प्लेट म:म: मगाएर खाएपछि वेटरलाई टिप्स दिएर फर्किने उनको दिनचर्या रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी ६२ वर्षका थिए । उनका दुई छोरी अमेरिकामा छन् ।










प्रतिक्रिया दिनुहोस्