समाचार

घरको चौथो तलाबाट खसेर भारतीय नागरिकको मृत्यु



काठमाडौँ, २१ फागुन । निर्माणाधीन घरको चौथो तलाबाट खसेर एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका ८ ढल विकास नजिक निर्माणाधीन घरको चौथो तलबाट खसेर भारत घर भई ललितपुर कुपण्डोल बस्ने ५० वर्षीय अनिरुद्र मल्लिकको शनिबार दिउँसो मृत्यु भएको हो ।

उक्त घरमा धाराको काम गरिरहेको अवस्थामा खस्दा उनको मृत्यु भएको प्रहरीको भनाई छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।