राजनीति

निर्वाचन क्षेत्र समिति गठनका लागि रास्वपाले थाल्यो तयारी



काठमाडौँ, २२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समिति पनि गठन गर्ने भएको छ । हालै सातै प्रदेश समिति पनि गठन गरेको रास्वपाले निर्वाचन क्षेत्रमा पनि संगठन निर्माण गर्न लागेको हो ।

रास्वपाले निर्वाचन क्षेत्रभित्रका पार्टीका सदस्यहरूबाट खुला आवेदनमार्फत निर्वाचन क्षेत्र समिति गठन गर्ने लागेको महामन्त्री डा। मुकुल ढकालले बताए । समितिमा रहनका लागि इच्छुकले चैत १५ गतेसम्म आवेदन दिनुपर्ने ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।