काठमाडौँ, २३ फागुन । सभामुख देवराज घिमिरेले कानूनी व्यवस्थाअनुसार महिलालाई मुख्य पदमा लैजान अझै व्यवहारिक कठिनाइ रहेको बताएका छन् ।
आज ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण आज ठूलो संख्यामा महिला प्रतिनिधिहरु नियम कानून बनाउने तहसम्म प्रतिनिधित्व गरिरहेको भएपनि अझै पनि मुख्य पदमा महिला र पुरुषलाई कानूनी व्यवस्थाअनुसार कार्यान्वयन हुन भने कठिनाइ देखिएको बताए ।
उनले भने, ‘ अहिलेको हाम्रो व्यवहारमा हामी मुख्य पदमा महिला र पुरुषलाई कानूनी व्यवस्था नै गरेर मात्रै प्रयोग गर्दा त्यसलाई ठिक ढंगबाट प्रयोग गर्ने व्यवहारिक कठिनाइ दखापरेका छन् ।’










प्रतिक्रिया दिनुहोस्